दफा १४
रजिष्ट्ररमा नाम दर्ता गराउने

(१) यो एन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रहीअनुसूचीमा लेखिए बमोजिमको योग्यता प्राप्त व्यक्तिले दर्ता किताबमा नाम दर्ता गराउनको लागि तोकिए बमोजिमको दस्तुर तिरी तोकिए बमोजिमको ढाँचामा काउन्सिल समक्ष दरखास्त दिनुपर्नेछ ।

(२) उपदफा (१) बमोजिमको दरखास्त उपर काउन्सिलले जाँचबुझ गर्दा रीतपूर्वकको देखिएमा त्यस्ता व्यक्तिको नाम दुई वर्षका लागि अस्थायी रूपमा दर्ता किताबबाट दर्ता गरी सोको प्रमाणपत्र दिनेछ ।

(३) उपदफा (२) बमोजिम दर्ता किताबमा अस्थायी रूपमा नाम दर्ता भएका व्यक्तिहरूमध्ये नेपाल सरकारको सेवामा रहेका र नेपाल सरकारलाई प्राप्त छात्रवृत्तिमा अध्ययन गर्न गएका व्यक्तिहरूले स्वास्थ्य मन्त्रालयले तोकेको अवधिसम्म चिकित्सा व्यवसाय गर्नुपर्नेछ ।

(४) उपदफा (३) मा उल्लिखित व्यक्ति बाहेक अन्य व्यक्तिले दुई वर्षसम्म चिकित्सा व्यवसाय गरेपछि काउन्सिलले दर्ता किताबमा स्थायी रूपमा नाम दर्ता गरी सोको प्रमाणपत्र दिनेछ ।

(५) उपदफा (३) बमोजिम तोकेको अवधिसम्म काम गरिसकेका व्यक्तिको नाम स्वास्थ्य मन्त्रालयको सिफारिसमा काउन्सिलले दर्ता किताबमा स्थायी रूपमा नाम दर्ता गरी सोको प्रमाणपत्र दिनेछ ।

(६) अनुसूचीमा लेखिए बमोजिमको योग्यता बाहेक अन्य व्यक्तिलाई पनि काउन्सिलको रायमा आधुनिक चिकित्सा प्रणालीमा न्यूनतम योग्यता प्राप्त भएको छ भन्ने ठहयाई काउन्सिलले सिफारिसगरेमा स्वास्थ्य मन्त्रालयले यस दफाको अधीनमा रही त्यस्ता व्यक्तिको नाम दर्ता किताबमा दर्ता गर्ननिर्देशन दिएमा काउन्सिलले त्यस्ता व्यक्तिको नाम दर्ता किताबमा दर्ता गरी सोको प्रमाणपत्र दिनेछ ।

(७) काउन्सिलमा विदेशी नागरिकको नाम दर्ता गर्ने सम्बन्धी व्यवस्था तोकिएबमोजिम हुनेछ ।